शंखरापुरमा सक्रिय सक्रमित ६४ निको भएका ४८६

– क्रिस्टिना श्रेष्ठ –

२०७८ साल साउन १२ गते

लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ६९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६४ पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो ।

तीन दिनमा ३० जना संक्रमित बढेसँगै नगरपालिकाले केही सजग हुन अपिल गरेको थियो । अहिले पनि पछिल्लो डाटा भन्दा १० जना संक्रमित बढी देखिएका छन् ।

नगरपालिकाले प्रकाशित गरेको साउन ११ गतेको डाटा अनुसार कोभिड १९ का १० जना थपिएका छन् भने ९ जना निको भएका छन् । हालसम्म १९ जना कोभिड १९ बाट निधन भएको छ । जसमा ७ जना महिला र १२ जना पुरुष रहेका छन् ।

दोस्रो लहर सुरु भएयता जम्मा ५ सय ६९ जना संक्रमित भएका छन् । त्यसमा २५१ महिला र ३१८ पुरुष रहेका छन् ।

सक्रिय संक्रमितको संख्या ६४ रहेको छ जसमा महिला २७ र पुरुष ३७ रहेको छ ।

त्यसैगरी संक्रमित भई निको भएकाहरुको संख्या ४८६ पुगेको छ । जसमा २१७ जना महिला र २६९ जना पुरुष रहेका छन् ।

त्यसो त अस्पतालमा रहेका संक्रमितहरुको संख्या हिजोको दिनमा १३ मात्रै रहेको छ जसमा ५ जना महिला र ८ जना पुरुष रहेको छ । यो संख्या यस अघिको डाटाको तुलनामा ५ जना बढी हो ।

अहिले होम आईसोलेसनमा रहेकाहरु ५१ जना छन् जसमा महिला २२ र पुरुष २९ रहेका छन् ।

नगरपालिकाले नगरका सबै नागरिकहरुलाई आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न कोभिड १९ को प्रोटोकल पालना गर्न अनुरोध गर्दै आईरहेको छ ।

वडा अनुसार कोभिड–१९ को स्थिति, रिकभरी ८६ प्रतिशत

– वडा नंं. १ मा ३१ जना संक्रमित मध्ये निको भएका २८ जना, सक्रिय संक्रमित १ जना, मृत्यु २ जना

– वडा नंं. २ मा २६ जना संक्रमित मध्ये निको भएका २४ जना, सक्रिय संक्रमित २ जना, मृत्यु ० जना

– वडा नंं. ३ मा ५० जना संक्रमित मध्ये निको भएका ४८ जना, सक्रिय संक्रमित १ जना, मृत्यु १ जना

– वडा नंं. ४ मा ४९ जना संक्रमित मध्ये निको भएका ४३ जना, सक्रिय संक्रमित ४ जना, मृत्यु २ जना

– वडा नंं. ५ मा ५० जना संक्रमित मध्ये निको भएका ४० जना, सक्रिय संक्रमित ५ जना, मृत्यु ५ जना

– वडा नंं. ६ मा ११७ जना संक्रमित मध्ये निको भएका ९५ जना, सक्रिय संक्रमित १७ जना, मृत्यु ५ जना

– वडा नंं. ७ मा ७१ जना संक्रमित मध्ये निको भएका ६६ जना, सक्रिय संक्रमित ३ जना, मृत्यु २ जना

– वडा नंं. ८ मा ४१ जना संक्रमित मध्ये निको भएका ३७ जना, सक्रिय संक्रमित २ जना, मृत्यु २ जना

– वडा नंं. ९ मा ८९ निको भएका ६५ जना, सक्रिय संक्रमित २४ जना, मृत्यु ० जना

– वडा नखुलेका ४५ निको भएका ४० जना, सक्रिय संक्रमित ५ जना, मृत्यु ० जना्

सर्सती माथिको डाटा हेर्दा सबैभन्दा मृत्यु बढी भएको वडा नं ५ र ६ मा देखिन्छ । यी वडाहरुमा कोभिड–१९ बाट ५ जना व्यक्तिको निधन भईसकेको छ । त्यसपछि वडा नं. ८, ७, ४ र १ मा २÷२ जनाको मृत्यु भईसकेको देखिन्छ भने वडा नं. ३ मा १ जना को मृत्यु भएको देखिन्छ ।

मुलुकभरको निको भएकाहरुको संख्या ९४.४८ प्रतिशत माथि र उपत्यकामा ९६.१९ प्रतिशत माथि हुँदा शंखरापुरमा ८६ प्रतिशतको हाराहारीमा निको भएको देखिन्छ ।