केमिकल ई. राजदास श्रेष्ठको “गुम्सिएका कुराहरु” कविता संग्रह विमोचन हुने !

– क्रिस्टिना श्रेष्ठ –

२०७८ साउन १५ गते

लावण्य/साँखु । साँखुकै पहिलो केमिकल ईञ्जिनियर राजदास श्रेष्ठले जीवनको उत्तराद्र्धमा आएर “गुम्सिएका कुराहरु” काविता संग्रह लेख्नुभएको छ ।

यो कविता संग्रहको विमोचन उहाँको आफ्नै जन्मदिनको अवसर पारेर यही साउन २२ गते वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीबाट उहाँकै निवास पाटनको बखुंबहालमा विमोचन गरिने भएको छ ।

सो कविता संग्रहमा उहाँले आफ्नो जीवनी नै उतार्नुभएको छ । साथै उहाँले साँखु क्षेत्रका प्राकृतिक सम्पदाहरुको विनाशबारे समेत कविता लेख्नुभएको छ ।

उहाँ नेपालभाषाका महाकवि गिरिजप्रसादबाट प्रभावित हुनुहुन्छ । उहाँले महाकवि गिरिजाप्रसादलाई गुरु मान्नुहुन्छ ।