काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

– कृशु श्रेष्ठ – २०७८ साउन १० गते लावण्य/साँखु । काठमाडौं उपत्यकामा थप दस दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि दस दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। 'दस दिन थप्ने … Continue reading काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

खोप केन्द्रहरुमा नेपाल स्काउटका स्वयंसेवकहरुको सेवा

लावण्य/साँखु । श्रावण ४ गते । सामाजिक सेवामा सक्रिय संस्था नेपाल स्काउटले कोरोना भाइरस महामारीको क्रममा पनि आफ्नो सेवालाई निरन्तर सञ्चालनमा ल्याएको छ । महामारीको समयमा कोरोना संक्रमणका कारण बिरामी भएका मात्रै नभएर कोरोना नलागेका बिरामीको उपचार र स्थानीय स्तरमा खाना र पशुपक्षीलाई आहार वितरण जस्ता काममा आफ्ना स्वयंसेवकहरू परिचालन  गर्दै आएको छ ।नेपाल स्काउट … Continue reading खोप केन्द्रहरुमा नेपाल स्काउटका स्वयंसेवकहरुको सेवा

आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेपकेन्द्र

– क्रिस्टिना श्रेष्ठ – २०७८ साल साउन ४ गते लावण्य/साँखु । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । जोन्सनको खोप एक मात्रा पर्याप्त हुनेछ । स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो । यो खोप … Continue reading आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेपकेन्द्र

कोभिड–१९ खोप अनुभव, आफुले नलगाएसम्म अरुलाई लगाउ भन्दा पनि नहुने रहेछ

२०७७ सालको अन्तिम समय थियो । कोभिसिल्डको खोप लगाउने क्रम जारी थियो । मैले त पत्रकारको नाताले पहिल्यै लगाउन पाउँथे । तर यसको नकारात्मक असर बारे अनावश्यक हल्लाका कारण आफु पनि डराईरहेको थिएँ । साथै आफुले मात्रै लगाएर सुरक्षित होइन्छ जस्तो लागिरहेको थिएन । परिवारलाई पनि लगाउनुपर्ने दायित्व थियो नै । एक दिन रुपेशजीले भन्नुभयो … Continue reading कोभिड–१९ खोप अनुभव, आफुले नलगाएसम्म अरुलाई लगाउ भन्दा पनि नहुने रहेछ

काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष : निर्धारित मिति मै महाधिवेशन

– क्रिस्टिना श्रेष्ठ – २०७८ श्रावण २ गते लावण्य/साँखु । काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक भर्खरै सकिएको छ। बैठकले निर्धारित मितिमा नै महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रित विषयमा मात्रै छलफल भएको नेताहरूले जानकारी दिए। बैठकमा काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट … Continue reading काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष : निर्धारित मिति मै महाधिवेशन