माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

– कृशु श्रेष्ठ – २०७८ साउन १ गते  लावण्य/साँखु । यही असार ३१ गते साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिकै निर्माण गर्न लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ … Continue reading माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

माधवनारायण व्रत समापन गरियो

लावण्य/साँखु । साँखुको शालिनदी तटमा यही फाल्गुण १५ गते एक महिना लामो माधवनारायण व्रतको समापन गरिएको छ । यसैबीच यस मेला अवधिमै भीमा एकादशीको दिन भीमसेनले समेत व्रत बस्ने र भीमा द्वादशीको दिन भीमसेनको जात्रा गरिने र अन्तिम पूर्णिमाको दिन गोरखनाथ जात्रा गर्ने परम्परा रहेको छ । एक महिना लामो समयसम्म एक छाक खाई कष्टप्रद … Continue reading माधवनारायण व्रत समापन गरियो

माघ मेलामा अहिलेसम्म करीब ४० लाख संकलन

लावण्य/साँखु । कोभिड–१९ कारण विशेष परिस्थितिजन्य अवस्थामा पनि ५२ जना व्रतालु सहित सुरु भएको माधवनारायण व्रतका व्रतालुहरुको व्यवस्थापनको लागि बनेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले  मेला भर्न आउने भक्तजनहरुबाट हालसम्म करीब ४० लाख अर्थ संकलन गरेको छ । जस अनुसार सबैभन्दा बढी अहिले सम्म ताहाचलका नानीहेरा महर्जनले ८ लाख ५० हजार, दिलमाया … Continue reading माघ मेलामा अहिलेसम्म करीब ४० लाख संकलन

शालिनदीमा दाताको ओइरो ५ दिनमै करीब १३ लाख सहयोग उठ्यो

लावण्य/साँखु । यही माघ १५ गतदेखि सुरु भएको माधवनारायण स्वस्थानी व्रत तथा माघ मेलामा ५ दिनमा १२ लाख ७४ हजार ७ सय २ रुपैयाँ सहयोग संकलन भएको छ । जस अनुसार माघ १५ गते ८२ हजार १ सय ९२, माघ १६ गते ८ लाख ८५ हजार १ सय ४१, माघ १७ गते १ लाख ७९ … Continue reading शालिनदीमा दाताको ओइरो ५ दिनमै करीब १३ लाख सहयोग उठ्यो

शालिनदीमा आउने भक्तजनको लागि रोटरी क्लब अफ साँखुद्वारा मास्क र स्यानिटाईजर प्रदान

लावण्य/साँखु । यही माघ १५ गते रोटरी क्लब अफ साँखुद्वारा कोभिड–१९ को प्रकोपबाट आम सर्वसाधारण भक्तजनहरुलाई समेत सचेत गर्ने प्रयोजनको लागि ३० लिटर ह्याण्ड स्यानिटाईजर र २ हजार थान मास्क श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिलाई हस्तान्तरण गरेको छ । यस वर्ष कोभिड–१९को प्रकोपलाई ध्यानमा राखी साँखुको शालिनदीमा व्रतालुहरुको संख्या समेत ५० जनामा सीमित गरिएको छ भने माधवनारायण दर्शनको लागि आउने भक्तजनको स्वास्थ्य सुरक्षाको चासो गर्दै समितिले निशुल्क रुपमा मास्क र स्यानिटाईजर वितरण गर्दै आईरहेको छ । समितिले मास्क स्यानिटाईजर वितरण गर्नुका साथै भक्तजनहरुलाई भीडभाड नगर्न एवं व्रतालुहरुलाई समेत भक्तजनबाट टाढा राख्ने व्यवस्था गर्दै आईरहेको छ । शालिनदी किनारमा व्रतालुहरुको सुरक्षालाई ध्यान दिँदै समितिले यस वर्ष माग्नेहरुको लस्करलाई समेत फिर्ता गरेको छ भने टिका प्रसाद लगाईदिने र स्वस्थानी कथा वाचन गर्नेहरुलाई समेत शालिनदी किनारबाट हटाएको छ । यसले गर्दा शालिनदी किनारमा दर्शनार्थीहरुको भीडभाड हुँदा पनि सहज भएको छ ।