शंखरापुरमा सक्रिय सक्रमित ५० निको भएका ३८५

क्रिस्टिना श्रेष्ठ २०७८ असार १८ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ४ सय ५३ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने केही दिन अगाडिदेखि बढ्दै गएर अहिले ५० मा पुगेको छ । यसअघि यो संख्या ३५ मा सीमित भैसकेको थियो । नगरपालिकाले प्रकाशित गरेको असार १७ गतेको … Continue reading शंखरापुरमा सक्रिय सक्रमित ५० निको भएका ३८५

पूर्व प्रधानमन्त्री माधव नेपाल एवं भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङद्वारा सडक अनुगमन

लावण्य÷साँखु । काठमाडौँ क्षेत्र नं. २ का सांसद एवं पूर्व पं्रधानमन्त्री माधवकुमार नेपाल, नवनियुक्त भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेश सांसद मणिराम फुयाल, रामेश्वर फुयाल, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापा, शंखरापुर र कागेश्वरी मनोहराका विभिन्न वडाका वडा अध्यक्षहरु एवं सडक विभागका डिई, उपत्यका सडक विस्तार प्राधिकरणका प्रमुख भाईकाजी तिवारी, … Continue reading पूर्व प्रधानमन्त्री माधव नेपाल एवं भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङद्वारा सडक अनुगमन

मेयर श्रेष्ठ द्वारा अनुगमन टोलीले शालिनदी क्षेत्रको अनुगमन

सो अनुगमनमा बाटो ढाकेरै राखिएका पसलहरुलाई व्यवस्थित गरिएको थियो । त्यसक्रममा केही स्थानहरुमा विरोधका स्वरहरु सुनिएका थिए । मूलतः शालिनदी र पालुवारी जाने दोबाटोमा र शालिनदी तिरका पूजा सामग्री बेच्ने पसलहरुले बाटो छेकेको गुनासो आईरहेको थियो । त्यसैक्रममा केही स्थानीय व्यापारीहरुले समितिले आफैले भाडामा लगाएका स्टलहरुका कारण भक्तजनहरुलाई अप्ठेरो परेको विषय मेयर सुवर्ण श्रेष्ठ समक्ष … Continue reading मेयर श्रेष्ठ द्वारा अनुगमन टोलीले शालिनदी क्षेत्रको अनुगमन

माधवनारायणको परदेश यात्रा भोलिबाट सुरु

प्रकाशित मिति ः २०७६ साल माघ ८ गते बुधवारलावण्य÷साँखु । यही पौष २५ गतेदेखि सुरु भएको माधवनारायण श्री स्वस्थानी मेलाको क्रममा साँखुको माधवनारायण भगवानको मूर्ति सहित व्रतालुहरु परदेश यात्राको क्रम भोलिबाट सुरु हुने भएको छ ।यसै क्रममा आज साँखुको शालिनदी तिरबाट चारजना पुरुष व्रतालुहरु बज्रयोगिनी परिसरको मूलगेट सम्म साष्टांग दण्डवत (दुंदनेगु) गर्दै पुगे ।भोलि माघ … Continue reading माधवनारायणको परदेश यात्रा भोलिबाट सुरु

घर–घरमा दीपावाली तथा ल्होछार वृहत साँस्कृतिक कार्यक्रम याम्बु पोतोलमा ।

माघ ५, बज्रयोगिनी घुमारचोक– २८५६औं जीवा ल्हो मुसा वर्ग सोनाम ल्होछारको अवसरमा ह्याङ्ला पोतोल ल्होछार वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । यही माघ १८ गते शनिवार काठमाण्डौं जिल्लाको उत्तर पुर्वमा अवस्थित शंखरापुर न.पा. वडा नं. ८ बज्रयोगिनी घुमारचोक स्थीत लामा नाच्ने डाँडामा हुने कार्यक्रम ह्याङ्ला पोतोल सोनाम ल्होछार मुल आयोजक समारोह समितिले गर्न लागिएको … Continue reading घर–घरमा दीपावाली तथा ल्होछार वृहत साँस्कृतिक कार्यक्रम याम्बु पोतोलमा ।