कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

रियो दि जेनेरियो : कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ । ब्राजिलको माराकाना रंगशालामा आइतबार बिहान भएको फाइनलमा घरेलु टिम ब्राजिललाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । खेलको पहिलो हाफको २२औं मिनेटमा डि मारियाले गरेको एकमात्र गोल खेलको निर्णायक बन्यो । योसँगै अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको ठुलो उपाधि मुलुकलाई जिताउने एउटा सपना … Continue reading कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

इङ्गल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा, डेनमार्क पराजित

क्रिस्टिना श्रेष्ठ२०७८ असार २४ गतेलावण्य/साँखु । इङ्गल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । १६ औं संस्करणको युरोकपको सेमिफाइनलमा डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड फाइनलमा पुगेको हो ।बुधबार राति घरलु मैदानमा भएको सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्याण्डले कीर्तिमान रचेको हो । वेम्बली स्टेडियममा १ गोलले पछि परेको इङ्गल्याण्डले कमब्याक … Continue reading इङ्गल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा, डेनमार्क पराजित

कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

लावण्य/साँखु । पेरुलाई १– ० ले स्तब्ध पार्दै ब्राजिल जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान ब्राजिलको ओलम्पिक मैदानमा सम्पन्न खेलमा लुकास पाक्वेलाले खेलको ३५ औं मिनेट गोल नै निर्णायक बन्यो ।  उनले स्टार खेलाडी नेयमारको पासमा गोल गरेका थिए । रोमाञ्चक खेलमा ब्राजिलले पेरुको पोस्टमा १५ सुट प्रहार गरेको थियो … Continue reading कोपा अमेरिका : ब्राजिल फाइनलमा प्रवेश

गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने

लावण्य/साँखु । गण्डकी प्रदेशको कामचलाउ मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ 'दीपक मनाङे' लाई हटाउनुभएको छ । सरकारका बहालवाला मन्त्रीले नै सरकारलाई विश्वासको मत नदिएको भन्दै कामचलाउ मुख्यमन्त्री गुरुङले मनाङेलाई हटाउनुभएको हो ।  गुरुङले बिहीवार (हिजो) बेलुकी नै मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेर प्रदेश प्रमुखलाई जानकारी गराइ सक्नुभएको छ । हिजो विश्वासको मत लिँदा … Continue reading गण्डकीका खेलकुद मन्त्री दीपक मनाङे बर्खास्त, अब विपक्षी गठबन्धनलाई सहयोग गर्ने

विश्वकप छनोटमा नेपाल विजयी

लावण्य/साँखु । विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । कुवेत सिटीमा भएको खेलमा अन्जन विष्टले चौथो मिनेटमै नेपाललाई पेनाल्टी गोलमार्फत अग्रता दिलाएका थिए । खेलको ८१ मिनेटमा नवयुग श्रेष्ठले अग्रता … Continue reading विश्वकप छनोटमा नेपाल विजयी