नेपालको शिक्षा र रोजगार एक चर्चा ः

– एलिसा तामाङ –प्रशिक्षार्थी पत्रकार
लावण्य÷साँखु । शिक्षा यस्तो चेनताको दियो हो । जसले मानिसमा भएको अन्धकारमय भ्रमहरुलाई हटाएर फाल्ने गर्दछ ।
शिक्षा विना मानिस बाँदार जस्तै लक्ष्य विहिन हुन्छ । शिक्षाले मानिसहरुलाई आफ्नो लक्ष्यमा पुग्न सफल बनाउँछ । शिक्षाले मानिसलाई असल नागरिक बनाउन मद्दत गर्दछ । शिक्षाको अभावमा कुनैपनि मानिस सफल हुन सक्दैन । त्यसैले मानवीय जीवनको लागि शिक्षा अनिवार्य तत्वको रुपमा लिन सकिन्छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने अधिकांश मानिसहरु शिक्षित रहेको देखिन्छ भने केही मानिसहरु अशिक्षित रहेको पाइन्छ । शहरी क्षेत्रको जस्तो गुणस्तरीय शिक्षासबै गाउँ समुदायमा पुग्न नसकेको देखिन्छ भने भू–बनोट, कच्चि बाटो दूर्गम गाउँ आदि परिस्थितिले पनि शिक्षामा प्रभाव परेको देखिन्छ ।
नेपालको शिक्षा र रोजगारलाई हेर्दा शिक्षा नै रोजगारको आधार मान्न सकिन्छ । तर पनि नेपालको आधारमा हेर्दा शिक्षा अनुसारको रोजगार नपाएको देखिन्छ । जस्को लागि त्यही शिक्षा अनुसारको रोजगार पाउने आशामा मानिसहरु विदेशिनु पर्ने बाध्यता रहेको देखिन्छ । नेपालमा अधिकांश मानिसहरु एक त गुणस्तरीय शिक्षा सबै समुदायमा सबै व्यक्तिले पाएको हुँदैन । पाईहालेमा पनि त्यही अनुरुपको रोजगार नपाउनु आजको मुख्य समस्याको रुपमा लिन सकिन्छ ।
नेपालमा अबको शिक्षा गुणस्तरीय र व्यवहारिक शिक्षाको आवश्यकता रहेको देखिन्छ । जुन हरेक समुदायमा हरेक व्यक्तिलाई आवश्यक रहेको देखिन्छ । यसका लागि स्थानीय, प्रदेशस्तर देखि लिएर राष्ट्रिय स्तरबाट नै ठोस कदम चाल्नृुपर्ने देखिन्छ ।